Comments Add Comment

सोयाविनको सन्तुलन मिलाउन सके फाइदैफाइदा

सोयाविनमा कैयौं प्रकारका स्वास्थ्य समस्याको उपचार लुकेको छ । साथमा यसैमा कैयौं प्रकारको रोग बढाउने तत्व पनि हुन्छ । त्यसैले यसको सही प्रयोग गर्दा फाइदाजनक छ भने गलत प्रयोगले थप समस्या पनि सिर्जना हुन सक्छ । सोयाविन प्रोटिनको लागि महत्वपूर्ण स्रोत हो ।

यसमा मिनेरल्सको अलावा, भिटामिन बी कम्प्लेक्स र भिटामिन एको भरपुर मात्रा पाइन्छ । त्यसैले आम मानिसका साथसाथै जीम गर्ने र गराउने मानिस समेत प्रोटिनको लागि सोयाविनको प्रयोग गर्ने गर्छन् । तरकारी एवं खाजाको रुपमा वा अन्य विभिन्न किसिमले यसको प्रयोग गर्न सकिन्छ । तल सोयाविनको फाइदा र यसको नोक्सानीको बारेमा समेत उल्लेख गरिएको छ ।

१. सोयाविनमा प्रोटिनका अलावा फाईबर, मिनेरल्स र फाईटोएस्ट्रोजन्स हुन्छ । यसका अलावा यसमा स्याचुरिएटेड फ्याटको मात्रा पनि कम हुन्छ । यसमा न त कोलेस्ट्रोल हुन्छ, न त ल्याक्टोज नै । यस कारणले सोयाविन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । सोयाविनमा आईरन, म्यागनिज, कपर, पोटासियम, जिंक र सेलेनियम समेत प्रचुर मात्रामा पाइन्छ ।

२. सोयाविनले हेल्दी वेट गेन र वेट लुजको लागि समेत मद्दत पुर्‍याउँछ । त्यसैले यसलाई सीमित मात्रामा खानु पर्छ । सोयाविनमा प्रोटिन प्रचुर मात्रामा हुन्छ । यसका कारण यसको प्रयोग शरीरको वजन घटाउन चाहनेहरुले धेरै गर्नसक्छन् ।

३. सोयाविन मधुमेह र मुटु सम्बन्धी रोगलाई रोकथामको लागि समेत फाइदाजनक हुने गर्दछ । यसमा रहेको असन्तृप्त चिल्लो पदार्थले खराब कोलेस्ट्रोलको स्तर कम गर्नमा मद्दत गर्नुका साथै यसबाट मुटु सम्बन्धी खतरा समेत कम हुने गर्छ ।

४. यसका अलावा सोयाविनले कैयौं प्रकारको क्यान्सरबाट बचाउन पनि मद्दत गर्छ । अमेरिकाको क्यान्सर रिसर्च इन्स्िटच्यूटको एक अध्ययनले सोयाविनमा रहेको फाईबर कोलोरेक्टल र कोलोनले क्यान्सरको जोखिमलाई कम गर्ने पत्ता लगाएको छ ।

५. सोयाविन हड्डीहरुको मजबुतीको लागि एकदमै जरुरी हुन्छ । प्रायः महिलाहरुको घुँडा र कम्मरको दुखाइलाई कम गर्नको लागि यो महत्वपूर्ण मान्ने गरिन्छ । यस्तो समस्या कमजोर हड्डीहरु वा नशामा पर्ने दबाबको कारणले हुने गर्दछ । सोयाविनमा भिटामिन, मिनेरलका अलावा क्याल्सियम, म्याग्नेसियम र कपर कपर जस्ता पोषक तत्व हुन्छ । यसकारण यसले हड्डीहरुलाई मजबुत गराउनको लागि मद्दत गर्छ ।

६. सोयाविनले जन्मजात रोगहरुबाट समेत उन्मुक्ति दिने चिकित्सकहरुको दाबी छ । यसमा रहेको भिटामिन बी कम्प्लेक्स र फलिक एसिड गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ । साथै यसले भ्रूणको मानसिक विकासमा समेत मद्दत पुर्‍याउने गर्छ । त्यसैले सोयाविन सीमित मात्रामा मात्रै खानुपर्छ ।

 स्वस्थ कपालको लागि सोयाविन

सोयाविनको सही प्रयोगले हामीहरुको कपालको मजबुती र चमकदार बनाउन पनि मद्दत गर्छ । सन्तुलित मात्रामा यसको प्रयोग गर्दा कपालमा तल उल्लेख गरिएको फाइदा हुने गर्दछ । यसमा हुने प्रोटिनको कारण हामीहरुमा बाक्लो र चम्किलो कपाल बनाई राख्न मद्दत गर्छ । त्यस्तै, सोयाविनको सही प्रयोगले अनुहारमा दाग धब्बाहरु आउने समस्या पनि देखिँदैन ।

सोयाविनलाई केही समय पानीमा भिजाएर कुट्नुपर्छ । त्यो कुटेको सोयाविनलाई २० मिनेटसम्म अनुहारमा टाँसेर अनुहार धुनुपर्दछ । त्यसबाट अनुहारमा दाग धब्बा आउने समस्याको समाधान हुन्छ । यस बाहेक सोयाविनको सही प्रयोगले कमजोरीको अन्त्य गर्दै शरीरमा उर्जा भर्न एवं नङलाई समेत मजबुत गराउने गर्छ ।

सोयाविनको नोक्सानी

धेरै फाइदा हुँदाहुँदै पनि सोयाविनको केही नोक्सानी पनि छ । सोयाविनबाट केही कुराको एलर्जी हुनसक्छ । सोयाविनमा एक किसिमको कम्पाउण्ड हुन्छ । जसले फिमेल हर्माेन एस्ट्रोजनको नक्कल गर्ने गर्छ । यसबाट महिलाहरुमा हर्माेन सम्बन्धी गडबडी हुनसक्छ । पुरुषहरुमा यसको अत्यधिक सेवनले नपुंसकता तथा स्पर्म काउन्टमा कमी आउन सक्छ । त्यसैले यसको प्रयोग जो कोहीले पनि सीमित मात्रामा मात्रै गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment