+
+
Shares

मलावीमा बन्धक बनाइएका तीन नेपालीको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते ११:३८

२४ असोज, काठमाडौं । दक्षिणपूर्वी अफ्रिकाको मालावीमा बन्धक बनाइएका तीन नेपालीको उद्दार भएको छ ।

मालावीको राजधानी लिलोङ्ग्वेमा चार वर्षदेखि नाइट क्लब सञ्चालन गर्दै आएका भारतीय नागरिक अस्लाम अदाम कसरानीले उनीहरुलाई त्यहाँ पुर्‍याएका थिए । तीन नेपाली महिलालाई करिव एक महिनासम्म दुबईमा राखेर लिलोङ्ग्वे लगेका थिए ।

कसरानी १० फागुन २०७५ मा पक्राउ परेपछि चार जना नेपाली महिलाको उद्दार गरिएको थियो । उनीहरुको बयान लिएपछि नेपाल फिर्ता पठाउने प्रक्रिया सुरु भएको थियो । अनुसन्धान पुरा भएका तीन जनालाई मालावी इन्टरपोलले नेपाल फिर्ता पठाएको छ र उनीहरु बिहीबार काठमाडौं आइपुगेका छन् ।

अब उनीहरुसँग बयान लिएर नेपाल प्रहरीले थप अनुसन्धान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?