Comments Add Comment

प्रहरीलाई मुख्यमन्त्रीले भने : राजनीतिक दबावलाई बेवास्ता गर्नुस्

२४ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अपराध अनुसन्धानको क्रममा राजनीतिक दबावलाई बेवास्ता गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

दोषी नबचुन, निर्दोष नफसुन भन्ने भनाइलाई आत्मसात गर्दै प्रहरीले अपराध अनुसन्धानलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं। २ ले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भने ुकतैबाट दबाव आउँछ भने वास्ता नगर्नुस, प्रदेश सरकार तपाईहरुको साथमा छ ।’

प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्ने आवश्यकता औल्याए ।

राउतले प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त हुन नसक्ने बताए । अपराधीले नयाँ प्रविधिको प्रयोग गर्न थालेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने मुख्यमन्त्री राउतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment