Comments Add Comment

टायर पञ्चर भएको बस ब्रेक नलाग्दा दुर्घटना

२४ असोज, सिन्धुपाल्चोक । शुक्रबार विहान करिव साढे ८ बजेतिर सिपाटरबाट छुटेको बा २ ख २७१५ नम्बरको बसमा यात्रुहरु खचाखच भरिएका थिए । बसभित्र सिटमा मात्र होइन, खाली ठाउँमा पनि मानिसहरु उभिएर बसेका थिए ।

दशैं मानेर फर्किनेहरु बसको छतमा पनि बसेका थिए । यात्रु रामकुमार थापाका अनुसार बाटामा थुप्रै यात्रुले बस चढ्न चाहेका थिए तर यात्रु खचाखच भएका कारण बस रोकिएन । बसको गति पनि अनियन्त्रित जस्तो थिएन ।

सिपाघाटबाट ६/७ किलोमिटर मात्र गुडेको बस तिहुको मोड आइपुग्दा दुर्घटनामा पर्‍यो । ‘एउटा मोड केटेपछि टायर पञ्चर भयो भने गाडी रोकियो’ सिपाटरबाटै बस चढेका भीमटारका थापा भन्छन्, ‘सडक ओरालो आरोलो रहेछ । ड्राइभरले सहचालकलाई ‘ओत हाल भाइ’ भन्दाभन्दै गाडी अगाडि बढ्यो ।’

१२० भन्दाबढी यात्रुले भरिएको बसको आरोलो बाटोमा टायर पञ्चर भएपछि ब्रेकले काम गरेन ।

त्यसपछि करिव १०० मिटरजति आलालो दौडिएको बस अनियन्त्रित भएर सडकमा बजारियो र बल्ड्याङ खायो ।

दुर्घटना परेको बस रोकिएपछि आफू सीसी फुटाएर बाहिर आएको भन्दै यात्रु थापा भन्छन्, ‘त्यसपछि श्रीमतीलाई बोलाए र उद्दारका लागि गाउँमा खबर गरेँ ।’

मानिसहरु गाडी र मोटरसाइकलमा आएर दुर्घटनामा परेकाहरुको उद्दार गरेको उनले सुनाए ।

प्रहरीकाअनुसार दुर्घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा । पाँच जनाको भने धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ ।

यो पनि पढ्नुहोस सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

गम्भीर घाइतेहरुलाई नेपाली सेनाको एमआई १७ र निजी कम्पनीको एक हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरबाट १३ र निजी हेलिकोप्टरबाट ल्याइएका १० जनाको काठमाडौंका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यस्तै ५८ जनाको धुलिखेल र १४ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment