+
+
Shares

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार   

रासस रासस
२०७६ असोज २४ गते १६:०५

२४ असोज, विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए । उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने बताए ।

उनले काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने तर्क गर्दै संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिए । तीब्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पारे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?