+
+
Shares

प्रथम तमू अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १८:१५

२४ असोज, काठमाडौं । तमू (गुरुङ)हरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । तमूहरुबीचको एकता, सहअस्तित्व र पहिचानका लागि सशक्त ढंगले अघि बढ्ने उद्घोष सम्मेलनका सहभागीले गरेका छन् ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घटन गरेको तमू अन्तर्राष्ट्रिय सम्मेलनको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजक प्रचार प्रसार समितिका मनोज गुरुङले बताए ।

उद्घाटन सत्रलाई एनआरएनका पूर्व अध्यक्ष शेष घले, पूर्व राज्यमन्त्री भद्रकुमारी घले, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रवहादुर गुरुङ, एनआरएनकी सचिव जानकी गुरुङ, तमुधिँ युेकका अध्यक्ष नन्दजंग गुरुङ, सिक्किमका अध्यक्ष गर्जमान गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

‘सम्पूर्ण तमू (गुरुङ)हरुको आह्वान, एकता अस्तित्व र पहिचान’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा भारत, चीन, भूटान, बेलायत, जापान, दक्षिण कोरिया, बेल्जियम, संयुक्तराज्य अमेरिकालगायत ३७ मुलुकमा रहेका गुरुङ समुदायका प्रतिनिधि तथा देशका ६२ जिल्लाका प्रतिनिधि सहभागी छन् । शनिबारसम्म चल्ने सम्मेलनको बन्द सत्रमा बिभिन्न कार्यपत्रहरुमाथि छलफल हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?