+
+
Shares

राप्रपा संयुक्तले भन्यो-राष्ट्रपति सीको भ्रमण सुखद् अवसर हो

रासस रासस
२०७६ असोज २४ गते २०:१०

२४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ ।

पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक रहेको उल्लेख गरेका छन् ।

पार्टीले राष्ट्रपति सी भ्रमणले दक्षिण एशियामा स्थायित्व, शान्ति र विकासमा थप योगदान पुग्नाका साथै नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । उक्त पार्टीले भनेको छ, “राष्ट्रपति सीको भ्रमणको पूर्ण सफलताको कामनासहित स्वागत र अभिवादन गर्दछौँ ।”

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?