Comments Add Comment

चाडपर्वका बेला महिनावारी भयो भने…

चाडपर्वको उमंगमा महिनावारीसँग सम्बन्धित समस्याहरुले बाधा पुर्‍यायो भने यी जानकारीहरुले तपाईंका लागि उपयोगी हुन सक्छन् ।

दसैं–तिहार जस्ता ठूला चाडपवको रमाइलो वातावरणमा हरेक व्यक्ति मस्तीको मूडमा हुन्छ । यद्यपि, महिलाहरुको चाडपर्वको रमाइलो त्यो बेला नरमाइलो बन्न पुग्छ, जब उनीहरु चाडपर्वकै मौसममा पर सर्छन् ।

त्योबेला हुने थकावट, कम्मर तथा पेटको दुखाई, अत्यधिक ब्लिडिङ तथा टाउको दुखाइ जस्ता समस्याले महिलाको सम्पूर्ण उत्साहलाई नै कम गरिदिन्छ । घरका बाँकी सदस्यहरुले रमाइलो गरिरहेको देखेर उनको अनुहारमा उदासी छाउँछ । त्यस्तो बेला के गर्ने त ?

 रहौं टेन्सन फ्री

वास्तवमा महिनावारी हुनु भनेको कुनै बिमारी होइन । यो त प्राकृतिक प्रकृया हो । त्यसैले यस्तो बेलामा दबिएर होइन, खुलेर जिउनुपर्छ ।  सबैभन्दा महत्वपूर्ण कुरा के हो भने परिस्थिति जस्तो भए पनि तपाईं खुशी रहनुपर्छ । किनभने जब तपाईं भित्रैबाट खुशी रहनुहुन्छ, तपाईंको अनुहारमा आउने चमकको कुरा नै बेग्लै हुन्छ ।

 हट वाटरको सेकाइ

महिनावारीको क्रममा पेटको दुखाइ बढ्यो भने तपाईंले तातोपानीले पेट सेक्न पनि सक्नु हुनेछ । पेटको तल्लो भागमा तातो पानीले सेक्दा पाठेघरका मांसपेशीहरुलाई आराम पुग्छ र दुखाईमा राहत मिल्छ ।

 सर–सफाइमा विशेष ध्यान

महिनावारीको क्रममा सर–सफाइमा विशेष ध्यान दिनुपर्छ । व्यक्तिगत सर–सफाइमा ध्यान दिनाले तपाईं विभिन्न प्रकारका बिमारीहरु जस्तो यूटीआई तथा इन्फेक्सनबाट बच्न सक्नुहुनेछ । यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका त्यो प्याड अथवा सेनीटरी प्याडको हुन्छ, जसलाई तपाईंले महिनावारीको क्रममा प्रयोग गर्नु हुन्छ । यसका अतिरिक्त महिनावारीको क्रममा एन्टिबायोटिक साबुन अथवा क्लिन्जरले आफ्ना भित्री अंगहरु सफा गर्नु पर्छ । हरेक दिन नुहाउनु पर्छ, ताकि तपाईं हरेक दिन आफूलाई ताजा महसुस गर्नुहोस् ।

आज पनि त्यस्ता धेरै महिला छन्, जो महिनावारीको क्रममा सेनिटरी प्याडको ठाउँमा फोहोर कपडा, पत्रिका, रुखका पात अथवा कम गुणस्तरका प्याडहरु प्रयोग गर्छन्, जसका कारण उनीहरुले आफैंलाई असहज महसूस गर्छन् । कपडा फोहोर हुने डरले घरबाट बाहिर निस्कँदैनन् ।

चाडपर्वका बेलामा त उनीहरु झनै बढी असहज महसुस गर्छन् । त्यसैले त्यस्तो बेला केवल गुणस्तरीय प्याडहरु नै प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो बेलामा ड्रि–हाइड्ेरसनको समस्या पनि हुनसक्छ, त्यसैले धेरै भन्दा धेरै पानी पिउनुपर्छ । र, टाइट पहिरनको साटो खुकुला पहिरन लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment