Comments Add Comment

बच्चाहरुलाई अत्यावश्यक छ हजुरबुबा/आमाको साथ

आजभोलि नेपाली समाजमा एकल परिवारको व्यवस्था फस्टाउँदै गएको छ । विवाहलगत्तै घरपरिवारसँग छुट्टिएर एक्दै शहरमा बस्नेहरुको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ ।

यो एकल परिवारको केही फाइदा भए पनि नोक्सानी समेत धेरै छन् ।

कुनैपनि बच्चाले विद्यालयमा सिक्ने ज्ञान घरमा सिक्ने ज्ञानको एक चौथाई पनि हुँदैन । कतिपय कुरा त ऊ आफैं ठूलो भएपछि अनुभवको आधारमा सिक्ने गर्दछ । यसरी स्कूलमा सिक्ने भन्दा कैयौं गुणा ज्ञान परिवारमा पनि हजुरबुबा/आमा बिना अरुबाट प्राप्त गर्न गाह्रो छ ।

त्यसैले बच्चाहरुलाई आफ्ना हजुरबुबा/आमासँगै राख्दा निम्न फाइदा हुने गर्दछ ।

राम्रो रेखदेख

बच्चाको लागि राम्रो रेखदेखको आवश्यकता पर्दछ । आफ्ना आमाबुबाहरुले आफ्नो व्यक्तिगत कामका कारण आफ्नो बच्चाको ख्याल गर्न भ्याउँदैनन् । त्यस्तो अवस्थामा हजुरबुबा/आमासँग राख्दा बच्चाहरुको राम्रो रेखदेख हुनुका साथै धेरै नयाँ कुरा पनि सिक्ने मौका मिल्छ ।

खेल्न र सिक्नका लागि

बुढेशकाल लागेका हजुरबुबा/आमालाई पनि खेल्न र कुरा गर्नको लागि साहाराको आवश्यकता पर्दछ । यसको लागि हजुरबुबा/आमासँग कुराकानी गर्दा एकातर्फ उहाँहरुको दिन बिताउने साहारा हुन्छ भने बच्चाहरुलाई पनि खेल्ने साथी हुन्छ । त्यस्तै, बच्चाहरुले उमेरमा पाका मानिसहरुले अनुभव गरेका धेरै कुराहरु सिक्न पाउँछन् । यसबाट बच्चाहरुलाई सानै उमेरदेखि व्यवहारिक बनाउँदै लैजान मद्दत गर्दछ ।

सहयोगको भावना

बुढेशकाल लागिसकेका हजुरबुबा/आमाहरुसँग खेल्ने क्रममा बच्चाहरुले उनीहरुको धेरै सहयोग गर्नु परिरहेको हुन्छ । साथमा उनीहरुको माया पनि पर्याप्त पाइरहेका हुन्छन् । जसका कारण झर्काे नमानी अरुलाई सहयोग गर्ने भावनाको विकास हुन्छ ।

रोल मोडल

बच्चाहरुका लागि हजुरबुबा/आमा नै रोलमोडलको रुपमा रहेका हुन्छन् । उनीहरुलाई हजुरबुबा/आमाभन्दा ठूलो अरु कोही पनि हुँदैन भन्ने भान हुन्छ । त्यसैले उनीहरुले गरेका धेरै कामहरुको नक्कल गरेका हुन्छन् । त्यसैले बच्चाहरुलाई सही दिशा दिनको लागि पनि यो उमेर बच्चालाई हजुरबुबाहरुसँग राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment