+
+
Shares

सशस्त्र प्रहरीद्वारा २० वटा भैंसी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १०:४८

२५ असोज, जनकपुरधाम । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइएका २० वटा भैंसी सशस्त्र प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको टोलीले जिल्लाको मटिहानी नगरपालिका–३ स्थित बरदाहाबाट शुक्रबार राति ८ बजेतिर उक्त भैंसी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा २० वटा भैंसीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

भैंसी ल्याउने व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका छन् । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको उपरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?