Comments Add Comment

आजका पत्रपत्रिका : चीनले ३ वर्षभित्र ५६ अर्ब सहयोग गर्ने

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् ।

कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’ शीर्षक दिएर व्यानर समाचार बनाएको छ । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।

दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्ने सीको भनाइ रहेको छ । सीले बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले दहरसम्भव साथ–सहयोग दिने उल्लेख गर्दै केरुङ–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

अन्नपूर्णले पनि कान्तिपुरले जस्तै नेपाल अब भूपरिवेष्ठित रहन्न भनेर सीले व्यक्त गरेको भनाइलाई नै जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने दुईपक्षीय वार्तामा दर्जन बढी सम्झौता र सहमतिमा हस्ताक्षर हुने अन्नपूर्णले लेखेको छ ।

नागरिकले ‘नेपालको विकासमा चीन साझेदार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार सीले ३ वर्षभित्र करिब ५६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment