Comments Add Comment

‘छ माया छपक्कै’को बम्पर ओपनिङ, बलियो वर्ड अफ माउथ

यसअघि निर्माण भएको ‘छक्का पन्जा’का ३ सिरिजमा कथा कम, चुट्किला धेरै भएको आरोप खेप्दै आएको आमा सरस्वती मुभिजले यसपटक भने यो आरोप खेप्नु परेन । शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शक र समिक्षक दुबैले राम्रो भनेका छन् । यसैले, यसपटक दिपकराज गिरी र उनको टिम समसामयिक कथावस्तुमा पनि बलियो देखिएको छ । निर्देशक दिपेन्द्र लामासँगको टिमअप पनि यसको कारण हुनसक्छ ।

शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रले २ दिनमा बम्पर कमाई गरेको छ । निर्माता रोहित अधिकारीका अनुसार, चलचित्रले केही रेकर्डहरु समेत ब्रेक गरेको छ । चलचित्रले दुई दिनमा ३ करोड माथिको कलेक्शन गरेको निर्माता अधिकारीको भनाई छ । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक छ ।

देशभर संचालनमा आएका नयाँ मल्टिप्लेक्समा समेत चलचित्रको व्यापार आक्रामक देखिएको छ । दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले पानीको समस्यालाई राजनीतिसँग जोडेको छ ।

लामो समयदेखि नेपाली जनताले भोग्दै आएको कथालाई उठान गरेका कारणले पनि यसपटक चलचित्र हेरेर दर्शक सन्तुष्ट देखिएका छन् । यसैले, चलचित्रले लामो समयसम्म कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment