Comments Add Comment

बुटवलमा ८ बर्षदेखि नियमित सराँय नाच

२६ असोज, बुटवल । पश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।

लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको सराय नाच बुटवलमा ८ बर्षदेखि कोजाग्रत पूर्णिमाका दिन देखाइएको हो । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देवीनगरमा प्रदर्शन गरिएको हो ।

पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले बुटवलमा संस्कृति जोगाएका हुन् । भाला, खुकुरी र बाजागाजासहित सराँय नाच देखाइएको थियो । लुम्बिनी वाणिज्य क्याम्पस प्राङगणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगत ८ बर्षदेखि सराँय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताए ।

परापूर्वकालदेखि नै सराँय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उनको भनाइ छ ।

गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।

पछिल्लो पुस्तालाई सराँय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ । बुटवल देवीनगरमा सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो ।

त्यस्तै बुटवल १२ नयागाउँमा रहेको सोक्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा यसैबर्षदेखि सराँय नाचं देखाउन शुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment