
२७ असोज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१२ का वडासदस्य शिवनारायण यादवको निधन भएको शोकमा राजविराज नगरपालिका बन्द गरिएको छ ।
राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय सोमबार एक दिनका लागि बन्द गरिएको राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले बताए ।
राजविराज नगरपालिका-१२ का वडासदस्य ६५ वर्षीय शिवनारायण यादव (शिवु) को शुक्रबार निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा राजपा नेपालबाट उनी वडासदस्य पदमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4