Comments Add Comment

वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ ।

सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएकाे छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । आगलागीकाे क्रममा विद्युत मिटर बक्स पड्केकाे आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी  निरीक्षक लाेकबहादुर गुरुङले बताए । घटनाकाे जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएकाे प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

घटनालगत्तै सुरक्षा प्रमुख थाहा नगरमा

वडा कार्यालयमा भएकाेे आगजनीकाे घटनासँगै मकवानपुरका सुरक्षा प्रमुख थाहा नगर पुगेका छन् । घटनाकाे बारेमा अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जाेशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहितकाेे टाेली घटनास्थल पुगेकाे हाे ।

घटनाकाे बारेमा सुक्ष्म नचलिरहेकाे मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएकाे उपरीक्षक सिंहले बताए ।

आगजनीका कारण कार्यालयकाे कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयाेजनका सामग्री जलेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment