Comments Add Comment

लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

२७ असोज, काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उपाय सर्भिसेज लिमिटेड कानून, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटर्फम हो ।

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वाषिर्क विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्छ ।

यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत सम्झौता भएको छ ।

सो सहमति अनुरूप लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपायबाट लिने सेवाहरुमा विशेष छुटसहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी सिइओ  सुमेद भट्टराई र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment