+
+
Shares

एनपीएलको मैदानमा जसले जिते पनि नेपाली क्रिकेटको जित हुनेछ : मन्त्री गौतम

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १३:५६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुनमन्त्री सोबिता गौतमले आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेको बताइन् ।
  • उनले सबै टिम, खेलाडी र आयोजकलाई शुभकामना दिँदै मैदानमा जुनसुकै टिमले जिते पनि अन्तत: जित नेपाली क्रिकेटकै हुने बताइन् ।
  • मन्त्री गौतमले सरकारले उचित वातावरण दिए निजी क्षेत्रले सम्भावनालाई उद्योग, प्रतिभालाई अवसर र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्ने उदाहरण एनपीएल बनेको उल्लेख गरिन् ।

८ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् ।

‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई हार्दिक शुभकामना ! मैदानमा जुनसुकै टिमले जितोस्, अन्तत: जित नेपाली क्रिकेटकै हुनेछ,’ उनले भनेकी छिन् ।

साथै, सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्ने उदाहरण एनपीएल बनेको बताएकी छिन् ।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ,’ मन्त्री गौतमले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?