Comments Add Comment

एनआरएनएको सचिवमा बस्नेतको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा अभिमानसिंह बस्नेतको उम्मेदवारी घोषणा भएको छ ।

गैरआवसीय नेपाली संघको संस्थागत विकास र सुदृढिकरणका लागि आफूले संघको सचिव पदमा उमेद्वारी घोषणा गरेको बस्नेतले बताए ।

गैरआवसीय नेपालीले खोजेको नेपाली नागरिकताको निरन्तरता, नेपालको पर्यटन प्रवर्द्धनमा एनआरएनको प्रत्यक्ष सहभागीता लगायतका ९ वटा एजेन्डासहित एनआरएनएको चुनावी मैदानमा उत्रिएको उनले बताए ।

सन् २००८ बाट अष्ट्रेलियाको ब्रिसबेन शहरमा बस्दै आएका बस्नेत सन् २०११ देखि एनआरएनएमा आवद्ध छन् । बस्नेतले सन् २०१५–२०१७ सम्म एनआरएन अष्ट्रेलियको उपाध्यक्ष पदमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment