+
+
Shares

खुलेकी बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते ११:५२

नायिका बेनिशा हमाल अहिले निर्माता रौनिक विक्रम कँडेलको प्रेममा छिन् । रौनकसँगको प्रेमका कारण उनलाई फेरि एकपटक मिडियामा चर्चा त मिलिरहेको छ । चलचित्रको पर्दामा केही समयदेखि नदेखिएकी बेनिशाले नयाँ चलचित्र साइन त गरेकी छिन् तर त्यसको छायांकन सुरु हुन सकेको छैन ।

बेनिशा आफैले पनि कम चलचित्र गर्ने बताउँछिन् । उनै, बेनिशाको सामाजिक संजाल इन्स्टाग्राममा अहिले बोल्ड तस्वीर पोष्ट हुन थालेका छन् । बेनिशाले हालै मात्र पोष्ट गरेका दुई तस्वीरमा उनी आकर्षक र बोल्ड देखिएकी छिन् । बेनिशा चलचित्रमा काम गरेपनि नगरेपनि, विशेषगरि जीम भने छुटाउदैनन् । यसैले, पनि उनले आकर्षक फिगर बनाएकी छिन् ।

सायद, यही कारणले पनि हुनसक्छ बेनिशालाई आफ्नो आकर्षक फिगर शो गर्न मन लाग्ने गरेको छ । चलचित्रको पर्दामा केही गम्भिर र फरक भूमिका निर्वाहा गरेकी सुन्दरीको यो तस्वीरले चिसिदै गरेको काठमाण्डौको मौसमलाई नै चुनौती दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?