+
+
Shares

बम काण्ड आरोपमा पक्राउ सांसद् आलमको म्याद सात दिन थप

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ असोज २८ गते ११:५९

२८ असोज, रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते प्रहरीले उनलाई इद्रिस गेटनजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत ल्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिए । आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्ने उनले बताए ।

म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?