Comments Add Comment

‘जर्सी’को रिमेकमा साहिद, वुझे ३५ करोड पारिश्रमिक

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कविर सिंह’ बक्स अफिसमा बम्पर हिट भयो । यसै चलचित्रबाट सुस्ताइसकेको बलिउड नायक साहिद कपुरको करिअर जुरुक्कै उचालियो । चलचित्रमा साहिदको कामको प्रशंसा पनि खुबै भयो ।

चलचित्र सफल भएको फाइदा उठाउँदै साहिदले पनि आफ्नो पारिश्रमिक बढाए । अहिले साहिदले एक नयाँ चलचित्रको लागि ३५ करोड पारिश्रमिक बुझेका छन् । उनले तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा काम गर्न ३५ करोड बुझेको भारतीय मिडियाले दाबी गरेका छन् । उनले, चलचित्रको नाफा रकमबाट ३० प्रतिशत समेत लिनेछन् ।

क्रिकेट खेलसँग सम्बन्धित यो चलचित्रमा साहिद क्रिकेट खेलाडी बन्नेछन् । एक क्रिकेट खेलाडीको संघर्ष र सफलताको कथालाई चलचित्रले प्रस्तुत गर्नेछ । चलचित्रलाई लिएर साहिद निकै उत्साहित छन् ।

तेलुगु चलचित्र ‘जर्सी’मा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका थियो । रिमेक चलचित्रमा भने नायिका फाइनल गरिएको छ । रिमेक चलचित्रलाई तेलुगु चलचित्र निर्देशन गरेका गौतम तिन्नानुरीले नै निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment