Comments Add Comment

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा निर्विरोध

२८ असोज, बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र  द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली पनि निर्विरोध निर्वाचित भएका छन् । संघको २ वर्षे कार्यकालको नयाँ कार्यसमिति चयनका लागि असोज ३० गते मतदान हुँदैछ ।

महासचिवमा भने शिवकुमार पाठक र जिवकान्त काफ्लेको उम्मेदवारी परेको छ ।  कोषाध्यक्षमा हरिबहादुर खत्री र दीपक खनाल, सचिवमा हिरामणि भट्टराई र चन्द्रकान्त खनाल, महिला सचिवमा रेनुका खरेल र माया खनाल, सह कोषाध्यक्षमा माधव रेग्मी र गिरिराज गैरेको उम्मेदवारी परेको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए ।

एशोसिएटतर्फ खुल्लामा सुमन बस्याल र भैरहवा क्षेत्रमा मोहनीलाल रिजाल,संस्थागत सदस्यमा अशोक कुंवर र सेवामूलक सदस्यमा लालहरि पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अन्य १४ जना कार्यसमिति सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको छ ।  २०३५ सालमा स्थापना भएको संघमा संघमा १ हजार ३० जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment