Comments Add Comment

नेकपाको चियापान कार्यक्रम बुधबार

२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाल जनाएको छ ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तीमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment