+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
११३ बलमा १३९ रन आवश्यक
लुम्बिनी लायन्स 2025
6/0 (1.1)
Shares

गोदावरीको फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १७:२६

२८ असोज, काठमाडौं । १३ औं गोदावरी फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि ललितपुरमा आयोजना हुने भएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म जावलाखेलस्थित खेल मैदानमा फूलको प्रर्दशनी गर्न लागेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहने पनि एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवासमेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भइसकेको पनि एशोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?