+
+
Shares

स्कुलबसको ठक्करबाट एक बालिकाको मृत्यु

रासस रासस
२०७६ असोज २८ गते १९:१७

२८ असोज, कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।

विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

पुरुषको शव फेला    

नवलपरासीको देवचुलीमा म‌गलबार एक पुरुषको शव फेला परेको छ ।

देवचुली नगरपालिका–१६ रजहर चोकस्थित प्रतिक्षालयमा तनहुँको रिसिङ गाउँपालिका–६ का ५५ वर्षीय खुमबहादुर विकको शव फेला परेको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?