Comments Add Comment

‘छक्का पन्जा’ टिमले ‘छन् गेडी सबै मेरी’मा काम गर्ला ?

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘छ माया छपक्कै’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । चलचित्र हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । चलचित्रले एक सातामै बक्स अफिसमा लोभलाग्दो आँकडा कमाउनेछ ।

यसैविच, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपालको टिमले अब कुन चलचित्रमा काम गर्लान् भन्ने कौतुहलता पनि चलचित्र बजारमा हुन थालेको छ । फरक नाम र बिना बिदा पनि चलचित्र चलाउने खुबी यो टिमसँग रहेछ भन्ने पुष्टी ‘छ माया छपक्कै’ले गरिदिएको छ ।

यसैविच, केही समय अगाडि यो टिमले निर्देशक सिमोस सुनवारको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने पक्का भएको थियो । ‘छ माया छपक्कै’पछि यो टिमले सिमोसको प्रोजेक्टलाई अगाडि बढाउला या के गर्ला ?

वुझिएअनुसार, सिमोसले दिपकराज गिरीलाई उपलब्ध गराएको स्क्रिप्टमा चलचित्रको नाम समेत उल्लेख गरिएको छ । चलचित्रको नाम ‘छन् गेडी सबै मेरी’ राखिएको छ । प्रदिप भारद्धाजले स्क्रिप्ट लेखेका हुन् । तर, अहिले नै यो नाम फाइनल भने होइन ।

सबै कुरा मिलेको खण्डमा टिमले काम गर्ने मनस्थिती बनाएको छ । तर, अहिले नै सबै कुरा फाइनल भने भैसकेको छैन । सिमोस सुनवारको नै लगानीमा बन्ने चलचित्रको मुनाफाका ठूलो हिस्सा दिपकराज र उनको टिमले पाउने सहमती भैसकेको छ ।

अहिले हलमा बम्पर कमाई गरिरहेको चलचित्र ‘छ माया छपक्कै’ पनि रोहित अधिकारीको एकल लगानीमा बनेको हो । तर, चलचित्रको नाफाको ५० प्रतिशत, डिजिटल राइट्स र विदेश कमाइको आधा प्रतिशत पाउने शर्तमा यो टिमले काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment