Comments Add Comment

तुलादानको रकम विद्यालयलाई हस्तान्तरण

२९ असोज, गुल्मी ।  गुल्मीमा एक वृद्धाले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तान्तरण गरेका हुन् ।

चौरासी पूजाको अवसरमा आयोजित कार्यक्रममा वृद्धा पन्थीले आफ्नी श्रीमती हिमकला पन्थीको नाममा अक्षय कोष स्थापना गर्न सरस्वती प्राविलाई २० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रममै पन्थीले नगद हस्तान्तरण गरेका थिए । विद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दार विद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरी विद्यालयलाई हस्तान्तरण गरेको पन्थीले बताए ।

अक्षयकोष रकमपछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए । अक्षयकोष रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अवसरमा तुलादान बापतको रकम विद्यालयलाई दिएर पन्थीले उदाहरणीय काम गरेको बताए ।

उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाइ छ । उनले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाउनको निम्ति विद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment