Comments Add Comment

एनआरएनएको चुनाव : प्रचारमा ब्यस्त उम्मेदवार (फोटो फिचर)

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ । उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् ।

प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ-आफनै पक्षको जित हुने दावी पनि गरेका छन ।

सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।

अर्का उम्मेदवार आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सार्नु भएको छ ।

पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिएका छन् ।

आचार्यले पसिना कोषको स्थापना गरेर सबै गैरआवासीय नेपालीहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाउनुका साथै मुलुकको विकासमा गैरआवासीय नेपालीहरुको श्रम, सीप र पुँजी परिचालन गर्न लागि पर्ने बाचा गरेका छन् ।

अहिले निर्वाचनका लागि मतदानको तयारी भइरहेको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment