
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा चियापान कार्यक्रम गरेकोमा सत्तारुढ दल नेकपालाई धन्यवाद दिएका छन् ।
चाडपर्वका अवसरमा चियापन कार्यक्रमको सुरुवात नेपाली कांग्रेसका नेता विपी कोइरालाले गरेको उल्लेख गर्दै देउवाले विपीको सिको गर्दै चियापानलाई निरन्तरता दिएकोमा नेकपालाई धन्यवाद दिए ।
‘चियापानको सुरुवात कांग्रेसको आदरणीय नेता विपी कोइरालाले गर्नुभएको थियो । अहिले सबै पार्टीहरुले चियापानको सुरुवात गरेर दशैं, दिपावली, नेपाल संवत, छठ, उधौली, उभौली लगायत चाडको उपलक्षमा भेटघाट शुभकमना आदनप्रदान कार्यक्रम गर्न थालेका छन् । नेकपाले पनि गरेकोमा प्रधानमन्त्रीलगायत उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ चियापानमा सहभागी हुन पुगेका सभापति देउवाले पत्रकारहरुसँग भने ।
सभापति देउवाले चाडपर्वका अवसरमा हुने यस्ता कार्यक्रमले राष्ट्रिय एकतालाई बलियो बनाउन मद्धत गर्ने पनि बताए । उनी भन्छन्, ‘यस्तो कार्यक्रमले/भेटघाटको अवसरले सबै पार्टीहरुलाई नजिक ल्याउने काम गर्दछ । यस्तो कुराले नेपालको राष्ट्रिय एकतालाई बलियो पार्न सहयोग पुग्दछ ।’
प्रतिक्रिया 4