Comments Add Comment

फेसवास गर्दा गरिने ६ गल्ती

राति सुत्नुअघि अनुहार धुनु तपाईंको छालाको सुरक्षाको सबैभन्दा महत्वपूर्ण कार्य हो । कुनै राम्रो फेसवासले अनुहार नधोइ सुत्ने गल्ती बिर्सेर पनि गर्नु हुँदैन ।

त्यस्तो गल्ती गर्नु भनेको तपाईंले आफ्नो अनुहारमा एक्ने (डण्डिफोर) अथवा गम्भिर प्रकारको इन्फेक्सनलाई निमन्त्रणा दिनु बराबर हो ।

फेसवासले तपाईंको अनुहारमा जमेको दिनभरीको धूलो तथा माटोलाई सफा गर्छ र तपाईंलाई फ्रेस तथा सफा छाला दिन्छ । त्यसैले हरेक युवतीले छालाको सुरक्षाका लागि फेसवास एउटा महत्वपूर्ण अंग हुनै पर्छ ।

त्यसो त, धेरै पटक फेसवास प्रयोग गरेपछि पनि तपाईंले आफ्नो छाला स्वच्छ, सफा तथा फ्रेस नभएको अनुभव गर्नु हुनेछ । त्यसको कारण तपाईंले फेसवासको क्रममा गर्ने केही गल्तीहरु हुन् । उक्त गल्तीहरुका बारेमा तपाईंले पनि थाहा पाउनु पर्छ । आज हामी त्यस्ता केही गल्तीहरुका बारेमा जानकारी दिँदैछौं, जुन तपाईंले अनुहार धुने क्रममा गरिरहनु भएको हुन्छ ।

फेसवास प्रयोग गर्दा गर्न नहुने ६ गल्ती

१. अनुहार धुने बेला पानीको तापक्रमले ठूलो अर्थ राख्छ । कहिले पनि आफ्नो अनुहार धुने बेला धेरै चिसो अथवा धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । धेरै तातो अथवा चिसो पानीले छालालाई हानी पुुर्‍याउन सक्छ । साथै फेसवासले पनि सही तरिकाले काम गर्दैन । त्यसैले सधैं हल्का मनतातो पानी नै प्रयोग गर्नु पर्छ ।

२. सही नतिजा पाउनका लागि सही सामान नै किन्नु पर्दछ । अर्थात् सधैं आफ्नो छालाको आवश्यकताको हिसाबले नै फेसवास किन्नु पर्छ । ओयली छालाका लागि सेलिसिलिक एसिड, सुख्खा छालाका लागि मिल्क बेस्ड तथा सेन्सेटिभ छालाका लागि मेडिकेटेड फेसवास किन्नु पर्छ ।

३. कुनै पनि प्रोडक्टले त्यसको प्रभाव देखाउनका लागि पर्याप्त समय लगाउँछ । त्यसैले परिणाम थाहा पाउन हतार गर्नु हुँदैन । यदि तपाईंले तुरुन्तै फेसवास पखाल्नु भयो भने त्यसले राम्ररी काम गर्दैन । त्यसैले फेसवास लगाएर अनुहारलाई दुई मिनेटसम्म हातले राम्ररी सफा गर्नु पर्छ र त्यसपछि मात्र पखाल्नु पर्छ ।

४. कहिले पनि मेकअप नहटाइ फेसवास प्रयोग गर्नु हुँदैन । अफिस तथा पार्टीबाट घर फर्किएपछि सबैभन्दा पहिला आफ्नो अनुहारबाट मेकअप हटाउनु पर्छ र अनुहारलाई सफा पानीले पखाल्नु पर्छ । फेसवास लगाउनु भन्दा पहिला तपाईंले अनुहारका लागि मिनरल वाटर पनि प्रयोग गर्न सक्नु हुनेछ । यदि मेकअपमै फेसवासको प्रयोग गर्नु भयो भने उक्त मेकअप फेसवाससँग मिसिएर तपाईंको छालाको बाहिरी तहलाई टालिदिन्छ, जुन डण्डिफोर आउने कारण बन्न पुग्छ ।

५. फेसवास प्रयोग गर्नुभन्दा पहिला आफ्नो हात राम्ररी धुनु पर्छ । त्यस्तो गर्नु भएन भने तपाईंको हातमा भएका ब्याक्टेरियाहरु अनुहारको छालाभित्र प्रवेश गर्ने डर हुन्छ । लगत्तै, फेसवाससँग मिसिएर ती ब्याक्टेरियाले इन्फेक्सन तथा रेसेज गराउने खतरा हुन्छ ।

६. बिहान र राति सुत्नुभन्दा पहिला हरेक दिन दुईपटक फेसवासले अनुहार धुनु पर्छ । केवल एकपटक अनुहार धुनाले छालाको फोहोर सफा हुने सम्भावना कम हुन्छ । जब तपाईं अफिसबाट घर आउनु हुन्छ, पुनः एकपटक अनुहारमा फेसवास प्रयोग गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment