Comments Add Comment

बेलायत र ईयूबीच नयाँ समझदारी

३० असोज, काठमाडौं । युरोपियन युनियनबाट बाहिरिने विषयमा बेलायत र युरोपियन युनियनबीच नयाँ समझदारी भएको छ ।

ब्रसेल्समा बेलायत र ईयूको टोलीबीचको छलफलले नयाँ समझदारी गरेको हो ।

अहिले दुबै पक्षले यसलाई वैधानिक रुप दिन छलफलमा छन्, तर त्यसअघि यो सम्झौतालाई ईयूले र बेलायती संसदले अनुमोदन गर्नुपर्नेछ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले ट्वीटरमार्फत नयाँ सहमति भएको जानकारी गराएका छन् । उनले भनेका छन् ‘हामीले महत्वपूर्ण सम्झौता गरेका छौं, जसले पछाडि जानबाट रोक्छ ।’

तर बेलायतको डेमोक्रेटिक युनियन पार्टीले नयाँ सहमतिमा हस्ताक्षर भएकोमा शंका व्यक्त गरेको छ, उसले भनेको छ कि यसमा सहमति जनाउन सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment