Comments Add Comment

श्रमिक संरक्षणमा नेपाल उदाहरणीय : श्रममन्त्री विष्ट

युएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कानुनी र नीतिगत सुधारले कामदारको नैतिक भरतीलाई बढावा दिने बताएका छन् ।

दुवईमा भएको आवुधाबी डाइलगलाई बिहीबार सम्बोधन गर्दै मन्त्री विष्टले श्रमिक संरक्षणमा नेपालले गरेका कानुनी र नीतिगत सुधारलाई अन्तर्राष्ट्रिय समुदायले उदाहरणका रुपमा लिने गरेको दावी गरे ।

श्रमिक आयात गर्ने मध्यपूर्वका अरवी खाडी देश र कामदार उपलब्ध गराउने एशियाली देशका उच्च सरकारी प्रतिनिधिसहितको मन्त्रीस्तरीय छलफलमा विष्टले सम्बोधन गरेका हुन् ।

क्षेत्रीय संवादहरुले नीतिगत सुधारमा सहयोग पुर्‍यायाउने भन्दै मन्त्री विष्टले कोलम्बो प्रोसेस तथा आवुधाबी डाइलगजस्ता संवाद्हरुलाई सबैले अवसरको रुपमा लिनुपर्ने बताए । ‘कोलम्बो प्रोसेसको हाल नेपाल अध्यक्ष राष्ट्र हो,’ उनले भने, ‘क्षेत्रीय संवाद तथा नीरन्तर सुधारका प्रयासमा नेपालले सक्रियपूर्ण सहभागिता जनाएको छ, कामदार दिने र लिने मुलुकबीच पारदर्शीताका लागि थप समन्वय हुन जरुरी छ ।’

संवादलाई कुवेत, पाकिस्तान तथा बंगलादेशका मन्त्रीले पनि सम्बोधन गरेका थिए । बिहीवार आवुधाबी डाइलग सकेर मन्त्री विष्ट शुक्रबार स्वदेश फर्किने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment