+
+
Shares

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:३८

६ असोज, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ ।

समितिको मंगलवार बसेको बैठकमा समिति सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन मस्यौदा तयार पारी समिति सभापति ओजस्वी शेरचनलाई बुझाएका हुन् ।

समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार पारेको समिति सचिव धमलाले बताए ।

समिति सचिवालयले सम्बन्धित निकाय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी मस्यौदा तयार गरेको बताएको छ ।

उनले समितिको छलफलका क्रममा उठेका विषय तथा सभापतिबाट निष्कर्षका रूपमा प्रश्तुत भएका निर्णयलाई प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

उनले सचिवालयले विधेयकमा एउटा नयाँ परिच्छेद र चारवटा दफा थप गरेको र एउटा दफा हटाएको बताए ।

उनका अनुसार राष्ट्रिय सभाले विधेयकमा गरेका र समितिले स्वीकार गरिसकेका संशोधनहरू भने प्रतिवेदनमा पुन: समावेश गरिएको छैन । तर राष्ट्रिय सभाको संशोधनमाथि समितिले थप परिमार्जन गरेको अवस्थामा भने त्यस्तो परिमार्जनलाई प्रतिवेदनमा समेटिएको छ ।

सचिवालयले तयार गरेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन बुधबारको समिति बैठकमा छलफल गरि पारित गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?