Comments Add Comment

कुमारी बैंक र नेपाल ग्यास ईन्डष्ट्रीजबीच सहकार्य

३० असोज, काठमाडौं । कुमारी बैंक लिमिटेड र ग्याँस आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्ऽ भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे ।
उक्त सहकार्य पश्चात् नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागू हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता यहि कार्तिक १ गते देखि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment