Comments Add Comment

पानी रोक्ने भारतको चेतावनीमा पाकिस्तानको कडा प्रतिक्रिया

काठमाडौं । भारतले पानी रोक्नको लागि दिएको चेतावनीप्रति पाकिस्तानले कडा प्रतिक्रिया व्यक्त गरेको छ ।

सम्झौताअनुसार तीन नदीको पानीमाथि ‘विशेष अधिकार’ रहेको प्रतिक्रिया पाकिस्तानले दिएको हो ।

भारतले पाकिस्तान लगिने पानी रोक्ने चेतावनी दिएपछि पाकिस्तानले पानी रोक्ने कुनै पनि प्रयासलाई ‘उत्तेजक कारबाही’ ठानिने र यसको जवाफ दिने अधिकार आफूसँग भएको प्रतिक्रिया दिएको हो ।

हरियाणाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तान जाने पानी रोक्ने चेतावनी दिएका थिए ।

‘मोदी सरकारले मानवअधिकारको सम्मान गर्दैन’

भारतका किसानहरूको अधिकार रहेको पानी, हरियाणाका किसानहरूको अधिकारको पानी ७० बर्षदेखि पाकिस्तानमा गइरहेको भन्दै मोदीले अब यो पानी रोकेर भारतीय किसानहरुको घरसम्म पुर्‍याइने बताएका थिए ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री मोदीको उक्त भनाइलाई औंल्याउँदै भने, ‘सिन्धु जल सम्झौता अन्तर्गत तीन पश्चिमी नदीहरूको पानीमाथि पाकिस्तानको विशेष अधिकार छ ।’

उनले भने, ‘भारतीय नेतृत्वले यस्तो बयान दिएका तथ्यहरूको अर्को स्पष्ट उदाहरण हो कि मोदी सरकार भारतलाई एक गैरजिम्मेवारवादी आक्रामक राज्य बनाउनेतर्फ झुकाव छ, जसमा मानवअधिकार र अन्तर्राष्ट्रिय प्रतिज्ञाहरूप्रति कुनै सम्मान छैन ।’

शान्तिका लागि खतरा

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्रीको यस्तो बयानले विश्वको आँखा खोलिनु पर्ने बताए ।

विश्वले यो बुझ्नुपर्दछ कि मोदीको ‘चरमपन्थी सरकार दक्षिण एसिया र विश्वको शान्तिका लागि स्पष्ट रूपमा खतरनाक छ ।’ मोहम्मद फैसलले भारत प्रशासित काश्मिरको बारेमा पनि प्रश्न उठाएका छन् । उनले भने, ‘भारत प्रशासित काश्मिरका ८० लाख मानिसहरू विश्वबाट अलग भएका छन् ।’ भारत यो मामिलामा एक्लिएको उनको दाबी थियो । मोहम्मद फैसलले भने, ‘भारत एक्लिसकेको छ । उनीहरूको विपक्षी नेता, नागरिक समाजले पनि भनिरहेको छ, सरकारले चालेको गलत कदमको अन्तर्राष्ट्रिय जगतमा कति ठूलो मूल्य चुकाउनु परिरहेको छ । अन्तर्राष्ट्रिय नेताहरूले पनि यो मुद्धालाई सुल्झाउन सुझाव दिइरहेका छन् ।’

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले अयोध्या विवादमा सोधेको प्रश्नको पनि जवाफ दिएका छन् । उनले भनेका छन्, ‘यो अति संवेदनशील विषय हो । त्यहाँका मुसलमानहरूको माग अनुसार निर्णय होस् भन्ने हामी चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment