Comments Add Comment

महाभारतको युद्धले पाण्डव र श्रीकृष्णलाई के हासिल भयो ?

महाभारतको युद्धपछि के भयो ? उक्त युद्धमा कसले के गुमायो, कसलाई के प्राप्त भयो ? जिज्ञासा जाग्नु स्वभाविक हो ।

यस युद्धमा कौरवले ११ अक्षौहिणी सेना र पाण्डवले सात अक्षौहिणी सेना एकत्रित गरेर लडाई गरेका थिए । कुल अनुमानित ४५ लाख सेनाबीच महाभारत युद्ध भएको थियो, १८ दिनसम्म । उक्त युद्धमा कुल १८ योद्धा मात्र जीवित रहेका थिए । यसमा कौरवका पक्षका तीन र पाण्डवका पक्षका १५ योद्धा बाँचेका थिए ।

कौरवका तर्फबाट कृतवर्मा, कृपाचार्य र अश्वत्थामा बचेका थिए । पाण्डवको तर्फबाट युयुत्सु, युधिष्ठर, अर्जुन, भीम, नकुल, सहदेव, कृष्ण, सात्यकि आदि बचेका थिए । के भनिन्छ भने महाभारतको युद्धमा ३९ लाख ४० हजार योद्धा मरेका थिए ।

पाण्डवको केही बचेन

मात्र पाँच गाउँका खातिर लडिएको यस युद्धबाट आखिर पाण्डवलाई के हासिल भयो ? पाण्डवको वंशमा अर्जुनको पुत्र अभिमन्युकी पत्नी उत्तराको गर्भको एक मात्र पुत्र बचेका थिए । उनको नाम परीक्षित थियो । पाण्डवले युद्ध जितेर पनि हारेका थिए । किनभने युद्धपछि उनीहरुसँग केही पनि थिएन । प्रत्येक पाण्डवको दश-दश पुत्र थिए, तर सबैको मृत्यु भयो ।

श्रीकृष्णको कुल नष्ट भयो

श्रीकृष्णको नारायणी सेना र केही यादव महाभारतको युद्ध र त्यसपछि गान्धारीको श्रापको कारण मौसुल युद्धमा फसेर श्रीकृण्णको कुलको नाश भएको थियो । मौसुल युद्धमा श्रीकृष्णका सबै छोराछोरी मरेका थिए । कुलमा जति महिला र बच्चा बँचेका थिए, उनीहरुलाई अर्जुनले साथ लगाएर मथुरा लिएर जादै थिए । बाटोमा उनीहरुलाई पनि लुटेराले मारेका थिए । त्यसपछि श्रीकृष्णका कुलका एकमात्र व्यक्ति बँचेका थिए, जसको नाम वृहद्रथ थियो ।

युद्धपछि के भयो ?

महाभारतको युद्धपछि गान्धरी, कुन्ती, धृतराष्ट्र, विदुर, संजय आदि सबै जंगल पसे । जंगलमा धृतराष्ट्र र गान्धारी एक आगोमा जलेर मृत्यु भयो । यसैगरी लाखौं महिला विधवा भए, जसका पचि युद्धमा भाग लिएका थिए । त्यसमध्ये कर्ण, दुर्योधनसहित कौरवका पत्नी पनि थिए ।

अन्त्यामा युद्धपछि युधिष्ठिर सम्पूर्ण भारतवर्षका राजा बने । यद्यपि त्यसबेलासम्म उनले सबैकुरा गुमाइसकेका थिए । कुनैपनि पाण्डवमा राजपाट गर्ने इच्छा बँचेको थिएन । सबैमा वैराग्य उत्पन्न भएको थियो । यही देखेर युधिष्ठिरले राजको सिंहासन अर्जुनको छोरा परीक्षितलाई सुम्पेर उनी हिमालयतिर लागे । त्यही उनले आफ्नो आखिरी दिनहरु गुजारे । उनीसँगै चार जना भाई र द्रौपदी पनि उनीसँगै त्यहाँ गएका थिए । उनीहरुभन्दा अघि धृतराष्ट्र र गान्धरी हिमालय गएका थिए । त्यही उनीहरु सबैको अन्त्य भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment