+
+
Shares

दुर्गेश थापाको देउसी गीत विवादमा, आलोचनापछि कमेन्ट गायब

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १७:४५

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । गीतका केही शब्दहरुलाई लिएर धेरैले आलोचना गरेका छन् ।

१० दिन अगाडि मात्र युट्युबमा अपलोड गरिएको गीतले अहिलेसम्म १७ लाखभन्दा बढी भ्यूज पाएको छ । ५० हजारले लाइक गरेका छन् । डिस्लाइक संख्या ५ हजार ८ सय छ । टिकटकमा पनि गीत निकै चलेको छ ।

यसका बाबजुद युट्युबमा अत्यधिक नकारात्मक कमेन्टहरु आएका छन् । गीतका शब्दहरुले ‘देउसी’ लाई विकृत बनाएको र रक्सीको खुलेआम प्रचार गरिएको तर्क आलोचकहरुको छ । हुन पनि गीतले देउसीलाई मोर्डनाइज गर्ने नाममा बढी नै उछृङ्खलता प्रदर्शन गरिएको छ । म्युजिक भिडियो हेर्दा बियरको विज्ञापनजस्तो देखिएको छ ।

नकारात्मक प्रतिक्रियाहरु धेरै आएपछि दुर्गेशले शुक्रबार युट्युबमा कमेन्ट नै ‘टर्न अफ’ गरिदिएका छन् । बिहीबारसम्म देखिएका हजारौं प्रतिक्रिया शुक्रबार एउटा पनि देखिँदैनन् भने नयाँ कमेन्ट लेख्न पनि मिल्दैन ।

र्‍याप शैलीमा यो देउसी गीत तयार पारिएको छ । गीतको मेलोडीले युवाहरुलाई छुन्छ । दुर्गेशको गायकीमा पनि निकै मिहिनेत झल्किन्छ । तर, केही शब्दमा चुक्दा उनको मिहिनेत ओझेलमा परेको भान हुन्छ ।

‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ भन्दै गीत सुरु हुन्छ । त्यसपछिको पंति यस्ता छन् :-

डन आयो डन

जा मुला भन

राजा हो राजा

बजाइदिन्छ बाजा

ले निकाल गाँजा

खानुपर्छ आज

लुटेको माल

हुँदा सबैको राज

क्लव भित्र सुटिङ गरेर बनाइएको म्युजिक भिडियोमा युवायुवतीहरु बियर पिएर झुमेको देखाइएको छ । रक्सी चुरोट पिएको दृष्य देखाउँदा सचेतना सन्देश साथसाथै राख्नुपर्ने नियमको पालना गरिएको छैन ।

दुर्गेशले यसभन्दा अगााडि चलचित्र ‘छ माया छपक्कै’ का लागि गाएको प्रमोसनल गीत पनि विवादमा परेको थियो । आफ्नो हिट गीत बीच्चबिच्चमाको प्यारोडी बनाएर उनले सो गीत गाएका थिए । तर, गीतमा फिल्मकी निर्मात्री दिपाश्री निरौलाको नाम जोडेर आपत्तिजनक शब्द राखिएको थियो । फिल्मका निर्माता दिपकराज गिरीले स्क्यान्डलका लागि जानीबुझी नै यस्तो शब्द राखेको स्वीकार गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?