Comments Add Comment

विवेकशीलका मुद्दाहरु समयसापेक्ष छन् : मुख्यमन्त्री राउत 

१ कात्तिक, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवेकशील नेपाली दलले उठाएका मुद्दाहरु समयसापेक्ष भएको बताएका छन् ।

विवेकशील नेपाली दलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समानुभूति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विवेकशील नेपाली दलले उठाएका मुद्दाहरु समय सापेक्ष रहेको बताए । उनले मुद्दालाई व्यवहारमा लागू गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

मुलुकमा एक भाषा एक भेषको नीति विकासको ठूलो बाधक रहेको बताउँदै उनले नाराले मात्र मुलुकलाई समृद्ध बनाउन नसकिने बताए । उनले नारालाई व्यवहारमा लागू गरेर आधारभूत आवश्यकतालाई केन्द्रित गर्ने नीति ल्याउनुपर्ने आवश्यक्ता औंल्याए ।

‘मुलुकमा समृद्धि ल्याउनु छ भने विचार र सिद्धान्तले मात्र सम्भव छैन, त्यसलाई व्यवहारमा उतार्नु जरुरी छ,’ उनले भने, “तर यहाँका नेतृत्व वर्गमा त्यसको अभाव देखिएको छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापा, नवनिर्वाचित अध्यक्ष मिलन पाण्डेसहितकाले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment