Comments Add Comment

नक्कली नोट पहिचानबारे नेपालगञ्जमा गोष्ठी

१ कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले शुक्रबार नक्कली नोट पहिचान तथा नियन्त्रणका विषयमा गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीमा नेपाल राष्ट्र बैंक, विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता थियो ।

नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाको संयोजकत्वमा आयोजित उक्त गोष्ठीमा मुद्रा व्यवस्थापन विभाग बालुवाटारका निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज क्षेत्रमा देखा परेका नक्कली नोटको समस्या न्यूनिकरण गर्न अपनाउनुपर्ने उपायमाथि छलफल भयो । नेपालगञ्ज शाखाका उपनिर्देशक शिव घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment