+
+
Shares

नौबिसे-नागढुंगा सडकखण्डमा १० बजेदेखि ४ बजेसम्म एकतर्फी यातायात सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २ गते १०:३७

२ कात्तिक, काठमाडौं । नौबिसे-नागढुंगा सडकखण्डमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको छ ।

धादिङको धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घर सडक खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइने प्रहरीको भनाइ छ । सो सडकखण्डमा एकतर्फी गाडी चलाइँदा घण्टौंसम्म जाममा बस्नु परेको गुनासो सवारी साधन चालक र यात्रुहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?