+

भानुआको हृयाट्रिकसँगै पपुवा न्यूगिनीको शानदार जित

२०७६ कात्तिक  २ गते १५:३२ २०७६ कात्तिक २ गते १५:३२
भानुआको हृयाट्रिकसँगै पपुवा न्यूगिनीको शानदार जित

२ कात्तिक, काठमाडौं । नोर्मान भानुआको हृयाट्रिकसँगै पपुवा न्यूगिनीले टी-२० विश्वकप छनोटमा बर्मुडामाथि १० विकेटको शानदार जित हात पारेको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडा १७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो ।

बर्मुडालाई सस्तैमा समेट्ने क्रममा भानुआले घातक बलिङ गरे । उनले २.४, २.५ र २.६ ओभरमा लगातार विकेट लिएर हृयाट्रिक पुरा गरे ।

बमुर्डाका डेर्ली रोलिन्सले सर्वाधिक २५ रन बनाए ।

९० रनको सामान्य लक्ष्य पपुवा न्यूगिनीले १०.२ ओभरमा भेट्टायो । उसका असद भालाले अर्धशतक पुरा गरे । उनी ५३ र टोनी उरा ३३ रनमा नटआउट रहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय