Comments Add Comment

एन्जेलिना भन्छिन्–‘ब्राड पिटसँग डिभोर्सपछि पीडादायक समय बिताएँ’

हलिउडकी सफल नायिका एन्जेलिना जोलीले पूर्व पति ब्राड पिटसँग डिभोर्सपछि निकै नै पीडादायक समय बिताएको खुलाएकी छिन् । उनले भनेकी छिन्–‘मैले २ बर्ष अध्यारो र गाह्रो समय बिताएकी छु ।’ ४४ बर्षिया सुन्दरीले भनिन्–‘म यही कारणले विगत ४ बर्षदेखि पर्दामा देखिएकी थिइनँ । तर, अब म बलियो भएकी छु ।’

उनले ‘दि सन’सँग कुरा गर्दै भनिन्–‘विगत केही बर्ष मेरा लागि सहज थिएनँ । मैले धेरै नै उतारचढाव भोगेकी छु । म बलियो हुन सकिनँ । यदि, तपाई आफूले आफूलाई नै कमजोर सोच्नुहुन्छ भने त्यतीबेला बलियो बाटोका लागि आफैले आफूलाई धकेल्नुपर्छ । मैले पनि सोही काम गरेँ ।’

उनले, आफ्नो शक्ति भनेको नै आफ्ना बच्चाहरु भएको समेत उल्लेख गरेकी छिन् । एन्जेलिनाले भनिन्–‘तपाइको बच्चाहरुलाई तपाइको स्टारडमसँग कुनै मत्तलव नै छैन । उनीहरु, सामान्य जीवन जिउन चाहन्छन् । हामीले त्यो दिन सक्नुपर्छ ।’

एन्जेलिना र ब्राडले १० बर्ष एकसाथ बसेपछि सन् २०१४ मा बिहे गर्ने निर्णय गरेका थिए । तर, त्यसको २ बर्षपछि एन्जेलिना आफैले डिभोर्सका लागि फाइल दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment