Comments Add Comment

सप्तरीमा ३ महिनामा १८ फरार अभियुक्त पक्राउ

४ राजविराज, कात्तिक (सप्तरी) । सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिटलगायतका अभियोगमा अदालतबाट सावित भए पनि सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रसाईं जानकारी दिए ।

जसमध्ये ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, जबर्जस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, सवारी अङ्गभङ्गका एक, सवारी ज्यानका उक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सी आरोपमा कुटपिट घटनाका अभियुक्त रहेका छन् ।

पछिल्लो पटक प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरीले २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका-१२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका-१ बस्ने २० वर्षीय अताहुसेन मियाँ र राजगढ गाउँपालिका-१ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थिए ।

ज्यान मार्ने उद्योगमैै दोषी भई फरार हनुमाननगर कङ्कालिनी नगरपालिका-७ का मुगालाल महतो, धनश्याम महतो र श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानीमा कडा पारेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment