Comments Add Comment

नेयमार सधैं घाइते ! उपचारमै बिताए ४६९ दिन

४ कात्तिक, काठमाडौं । ब्राजिलियन फुटबलर स्टार नेइमार  हिजोआज फिजियो रुमसँग बढी नै घुलमिल हुन थालेका छन् । अनि, उनलाई वर्णन गर्न प्रयोग गरिने शब्दहरुमा एउटा थपिएको छ, सँधै चोटको खतरा ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का २७ वर्षीय स्ट्राइकर नेइमार फेरि घाइते भएका छन् । अबको झण्डै एक महिना उनी मैदानबाहिर हुनेछन् । अघिल्लो साता ब्राजिलले नाइजेरियासँग मैत्रिपूर्ण खेलका क्रममा उनको घुँडामा चोट लागेको थियो ।

सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पीएसजी गएका उनले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गर्नुपरेको छ । ‘ट्रान्सफरमाक्र्ट’का अनुसार नेयमारले चोटका कारण पीएसजीमा मात्र ५३ खेल गुमाएका छन् । उनले बार्सिलोनामा रहँदा चार वर्षमा २९ खेल गुमाएका थिए ।

२०१३ मा सान्तोष छाडेपछिको सबै अवधि जोड्ने हो भने उनले ४६९ दिन अर्थात् एक वर्ष तीन महिना जति उपचारमै बिताएका छन् । अहिलेे फेरि घाइते भएपछि उनले ५०० दिनको खराब रेकर्ड बनाउने खतरा बढेको छ ।

२०१७-१८ को च्याम्पियन्स लिगको नकटआउट चरणमा पहिलो लेगमा रियल मड्रिडसँग ३-१ को हार व्यहोरेको पीएसजीले दोस्रो लेगमा पुनरागमन गर्न सकेन । त्यतिबेला चोटका कारण नेयमार टिममा थिएनन् । नेयमारले समूह चरणमा ६ गोल गरेका थिए तर, नकआउट चरणमा टिमका लागि चाहिएको बेला चोटका कारण खेल्न सकेनन् ।

२०१८-१९ मा त्यही कथा दोहोरियो । नेयमारले समूह चरणमा पाँच गोल गरे तर नकआउट चरणका दुबै खेल गुमाए । पीएसजी म्यानचेष्टर युनाइटेडसँग पराजित भयो ।

विश्व च्याम्पियन बन्ने सपना पुरा गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो, तर ब्राजिलियन स्टारको निरन्तर चोटका कारण त्यो पुरा हुन सकेको छैन । यो सिजनको सुरुमा नेयरमाले बाचा गरेका थिए, पीसजीलाई च्याम्पियन्स लिग जिताउने । तर समूह चरणमा नै पीएसजीलाई खेलाडीहरुको चोट र खेलाडीको निलम्बनले सताएको छ । र, क्लब बर्गविरुद्ध नेयमार चोटका कारण खेल्न सक्ने छैनन् ।

समूह चरणको दुबै खेलमा नेयमार थिएनन् । यद्यपि स्टार फवार्डहरुको अनुपस्थितिमा नै टिम विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment