Comments Add Comment

वीरगञ्जबाट भन्सार छलीका साढे ५ लाखको समान बरामद

४ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न नाकाबाट साढे ५ लाख मुल्य बराबरको भन्सार छलीका समान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको ५ लाख ५८ हजार ८ सय रुपैयाँको समान बरामद गरेको हो ।

सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने लत्ताकपडा, हार्डवयर, मोटरपार्टस, किराना सामान बरामद गरी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले विभिन्न नाकाबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा समान बरामद गरिएको जानकारी दिए ।

‘कुनै टोलीले गाडी धुने मेशिन बरामद गरेका छन्, कुनैले फिल्म सुटिङ गर्ने क्यामेरा, केराउ सहित मोटरसाईकल पनि समातिएको छ,’ उनले भने, ‘जुत्ता, कपडा, किराना र हार्डवेयरका समान पनि अबैध रुपमा भित्र्याएको अवस्थामा नियन्त्रणमा लिएका छौं । एकै दिनमा सबैतिरबाट ५ लाख ५८ हजार मुल्य बराबरको समान बरामद भएको छ ।’

बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment