+
+
Shares

विराटनगरबाट एक जना हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १३:११

४ कात्तिक, काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह रहेका छन् ।

विराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार साँझ साहलाई नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?