Comments Add Comment

म्यानमारसँग खेल्न नेपाली यू-२३ टिम मंगलबार कतार जाने

Photo Credit : अनलाइनखबर फाइल ।

४ कात्तिक, काठमाडौं । म्यानमार यू-२३ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्ने नेपाली यू-२३ टिम भोलि (मंगलबार) बिहान कतार प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको रुपमा म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्न लागेको नेपाली टिम मंगलबार कतारतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो ।

नेपालले यही कात्तिक ८ गते शुक्रबार म्यानमारसँग कतारको दोहामा मैत्रिपूर्ण खेल खेल्दैछ ।

मैत्रिपूर्ण खेलको लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम सार्वजनिक गरिसकेका छन् ।

टिममा अनन्त तामाङ, अञ्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, क्षिरिङ गुरुङ र अर्पन कार्की रहेका छन् ।

त्यस्तै, दीप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल रहेका छन् ।

सागको लागि मुख्य लक्ष्य गर्दै यो मैत्रिपूर्ण खेलको आयोजना गरिएको हो । १३औं साग खेलकुद प्रतियोगिता यही मंसिरमा नेपालमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment