Comments Add Comment

युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा युवक पक्राउ

४ कात्तिक, काठमाडौं । महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले काठमाडौंको नागपोखरीबाट एक जनालाई पक्राउ गरेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं आएका युवतीलाई काम लगाइदिन्छु भनी विदेशी र स्वदेशी नागरिकसँग जबर्जस्ती यौन सम्पर्क गराई रकम असुल गरेको आरोपमा प्रहरीले सर्लाही भक्तिपुर घर भई काठमाडौंको डल्लु बस्ने टंकबहादुर माझीलाई पक्राउ गरेको हो ।

उनलाई आइतबार ठमेलबाट ३ जना युवतीलाई डेरातर्फ लगिरहेको अवस्थामा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment