Comments Add Comment

टी–२० विश्वकप छनोटमा आयरल्यान्ड र केन्या विजयी

४ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेटमा आज भएको खेलमा टेष्ट राष्ट्र आयरल्यान्ड र केन्याले जित हात पारेको छ ।

आज भएको समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ३६ रनले पराजित गर्दा आजै भएको समूह ‘ए’ को खेलमा केन्याले बर्मुडालाई ४५ रनले पराजित गरेको हो ।

१८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन मात्रै बनाउन सक्यो । ओमानका लागि खवार अलीले ५० रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा तीन विकेटको क्षतिमा १८३ रन बनाएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलनीले अविजित ८९ रन बनाउँदा केभिन ओब्रिनले ४१ रन बनाएका थिए ।

त्यस्तै, आजै भएको अर्को खेलमा केन्याले बर्मुडामाथि ४५ रनको सहज जित निकालेको हो । १३९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बर्मुडाले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो ।

यसअघि केन्याले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment