
नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ यतिबेला यूकेमा छन् । यूकेमा उनीहरु दशैं अगाडि नै पुगेका हुन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । तर, उनीहरु चलचित्रको प्रचारमा भने खासै देखिएनन् ।
सौगात र श्रृष्टी चलचित्रको रिलिजको अगाडि किन यूके पुगे होलान् ? लिभिङ टूगेदरमा रहेका यी दुई बिबाह गर्ने योजनामा छन् । यसैका लागि श्रृष्टीको मातापितासँग कुरा गर्न सौगात यूके पुगेका हुन् ।
सौगात र श्रृष्टी भाइटिकाको २ दिनपछि नेपाल आउनेछन् । केही बर्षदेखि एकसाथ बस्दै आएका उनीहरु अब आफ्नो सम्बन्धलाई बिहेमा परिणत गर्ने सोचमा रहेको वुझिएको छ । सौगात र श्रृष्टी एकआपासमा निकै नै खुशी देखिएका छन् ।
चलचित्रको पर्दामा समेत एकसाथ काम गर्दै आएको यो जोडीले जिन्दगीको नयाँ आयाम सुरु गर्ने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4